७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सर्वसाधारणका लागि मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?


१९ चैत, काठमाडाैं । मकर जितुमाया सुरी हाइड्रोपावरले आज चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। हाइड्रोपावरले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँड गरीसँग अब सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

उक्त आईपीओमा छिटोमा चैत २२ गते र ढिलोमा आगामी वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले साे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १०:०८