१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आजसम्म कायम सेयरधनीले पाउछन् एक कम्पनीकाे ७.३६ प्रतिशत लाभांश


१९ चैत, काठमाडाैं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १९ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि चैत २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे १४ औँ वार्षिक साधारणसभा चैत २८ गते काठमाडाैंकाे बुढानिलकण्ठस्थित सुन्दरबस्तीमा रहेको र्याचकेट इन्भेस्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार ०९:४७