७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दुई कम्पनीकाे आईपीओ बाँडफाँड


१९ चैत, काठमाडाैं । विभिन्न २ कम्पनीकाे आईपीओ बाँडफाँड भएकाे छ । मोदी इनर्जी  र दोल्ती पावरकाे आईपीओ बाँडफाँड भएकाे हाे । मोदी इनर्जी कम्पनी लिमिटेडले फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि निष्काशन गरेकाे साधारण सेयर(आईपीओ) बाँडफाँड भएकाे हाे ।

कम्पनीले जारी पुँजीको १५ प्रतितश अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूमा चैत १७ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ । यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

साथै, दोल्ती पावर कम्पनी लिमिटेडले ८ गतेदेखि चैत्र ७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुका लागि निष्काशन गरेको साधारण सेयर(आईपीओ) बाँडफाँड भएकाे हाे ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानिय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको थिए । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा चैत १७ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार ०९:३५