८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एकेएफसीले जित्यो बियुएफसी कप


१८ चैत, एडिलेड । एडिलेडमा जारी बियुएफसी कप फुटवल प्रतियोगितामा एडिलेड खुकुरी फुटवल क्लब(एकेएफसी) बिजयी भएको छ । ब्रदर्श युनाइटेड फुटवल क्लब(बियुएफसी)द्धारा शनिवार सम्पन्न खेलमा एकेएफसी पहेलोले बियुएफसी कुवेरलाई प्रतिस्पर्धात्मक खेलमा २-१ ले हराउदै विजेता भएको थियो ।

खेलमा म्यान अफ दि म्याच एकेएफसीका सुजन बस्नेत भएका थिए । भने उत्कृष्ट गोलकिपर बियुएफसीका एराज सिटौला, उत्कृष्ट डिफेन्डर एकेएफसीका विशाल चौहान, उत्कृष्ट मिडफिल्डर एकेएफसीका सुमन खड्का भएका थिए । प्लेयर अफ द टुर्नामेन्ट बियुएफसीका नबिन पुन भएका थिए ।

यसै गरि प्रतियोगिताम सर्वाधिक गोलकर्ता बियुएफसीका सुरज राउत र एकेएफसीका सम्राट राउत भएका छन् । दुवै खेलाडीले ५-५ गोल गरेका थिए । प्रतियोगितामा फेयर प्ले टिम ८८४८ रोयल्स टिम भएको थियो । प्रतियोगितामा भेट्रान्स तर्फको खेलमा एकेएफसीले नेपाली पाठशालालाई हराएको थियो । भेट्रान्सको म्यान अफ दी म्याच शुशिल अधिकारी र सर्वाधिक गोलकर्ता राजन लामिछाने भएका थिए ।

बालबालिकाहरुको मैत्रीपुर्ण खेलमा नेपाली पाठशाला बिजेता र एडिलेड नेपाली विद्यालय उपबिजेता भएका थिए । विजयी खेलाडी तथा टिमलाई कप मेडल ट्रफी औपचारिक कार्यक्रम विच बहुसांस्कृतिक आयोग साउथ अष्ट्रेलिया सदस्य मञ्जु खड्का, एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष नविन पन्त, प्रतियोगिताको मुख्य प्रायोजक कुवेर फाईनान्स साउथ अष्ट्रेलियाका निर्देशक विपिन जोशी, वियुएफसीका अध्यक्ष विकास महर्जन, उपाध्यक्ष सन्तोष ढकाल, सचिव उमेश बुढाथोकी, पुर्व अध्यक्ष माधव गैर्हे, पत्रकार बालगोपाल उपाध्याय, व्यवसायी खुम गुरुङ लगायतले बितरण गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार २२:०३