२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

घुस र उपहार लिएर आउने चेष्टा नगर्न गृह मन्त्री श्रेष्ठकाे चेतावनी

१७ चैत, काठमाडौं । गृहमन्त्री नारायण काजी श्रेष्ठले, आफुलाई उपहार तथा घुसको प्रलोभनमा पार्ने चेष्टा नर्गन चेतावनी दिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयबाट विदा भएर आजै गृह मन्त्रालयमा पदभार गरेका मन्त्री श्रेष्ठले मन्त्रालयका कर्मचारीसंग भने ‘म पाँचवटा क्याटागोरीको चिज खान्न, माछा मासु, रक्सी अक्लोहल खान्न, कोल्ड डिङ्क्स, चिया कफी, चिया खानु परे ग्रिन टि खान्छु अर्को, खैनी चुरोट तमाखु, पान सुपारी समेत खान्न पाँचवटा क्याटागोरीको चिज खान्न ।

तर, मैले अहिले कामको शिलशिलामा चै अर्को चिज खान्न भन्नु पनि आवश्यक चिज छ म घुस खान्न र उपहार खान्न ।’ त्यस्तै उनले आफ्नो कामको शिलशिलामा ढिला सुस्ती नर्गन सबैलाई निर्देशन दिए । ‘अब नेपाली टाइम त हो भनेर अब छुट पाइदैन्’ उनले भने ‘यदी यति अवधिमा काम सक्ने भन्ने अनि काम गरेपनि हुने नगरेपनि हुने भन्ने कुरा अब सह्य हुन सक्दैन’ त्यस्तै पदिय दायित्वको दुरुपयोग नगर्न उनले चेतावनी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १८:०६