६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

भूमि व्यवस्थापन गर्नु नै मेरो पहिलो प्राथमिकता होः नवनियुक्त मन्त्री श्रेष्ठ


१७ चैत, काठमाडौं । नव नियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले भूमि व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् ।

शुक्रबार मन्त्रीको सपथ लिए लगत्तै पदभार ग्रहण गरेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी मन्त्री श्रेष्ठले हरुवा चरुवा र भूमिहीनहरूको लागि भूमि व्यवस्थापन गर्नु आफ्नो पहिलो जिम्मेवारी हुने बताएकी हुन् ।

उनले भनिन् ‘हरुवा चरुवा र भूमिहीनहरूको लागि भूमि व्यवस्थापन गर्नु नै पहिलो प्राथमिकता हुन्छ । आफ्नो पहलमा कारागारमा रहेका बन्दिहरुलाई छुटाउने कार्य गर्ने छौँ । ’

गठबन्धन सरकारले नागरिक उन्मुक्ति पार्टीका माग र मुद्दा सम्बोधन गर्ने आश्वासन दिएपछि मात्रै आफू सरकारमा सहभागी भएको उनको भनाई छ ।
उनले मन्त्रालयमा पदभार ग्रहण गर्नुअघि शपथ समारोहबाट सिधै जेलमा रहेका आफ्ना श्रीमान् रेसम चौधरीलाई भेटेकी थिइन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १८:०१