१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटकाे दुप्चेश्वरमा सुमो दुर्घटनाः २ जनाको मृत्‍यु, ८ जना घाइते


१७ चैत, काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका- ४ मा टाटासुमो दुर्घटना हुँदा २ जानको मृत्यु भएको छ । शुक्रबार दिउँसाे ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोले जनाएकाे छ ।

मृत्‍यु हुनेमा दुप्चेश्वर गाउँपालिका- ४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते भएका ८ जनाकाे खरानीटार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १५:३४