१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


१७ चैत, काठमाडौं । मन्त्रिपरिषद् विस्तार अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न बिहान साढे ९ बजे नै शीतल निवास पुगेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

राष्ट्रपति कार्यालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई नियमित भेटघाटका भनेको छ । आजै दिउँसो ३ बजेसम्म नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी भैरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ११:४३