१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

१ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


१७ चैत, काठमाडाैं । साताकाे अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा काराेबार भएको छ।

बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा काराेबार भएको छ। बिहीबार पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ११:०७