१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बिहीबारदेखि नेप्सेको वेबसाइट डाउन, कहिलेबाट सञ्चालनमा आउछ ?


१७ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइट केही दिन बन्द हुने भएकाे छ । प्राविधिक कारण वेवसाइट बन्द गर्नु परेकोले शुक्रबार र शनिवार दुई दिन वेवसाइट बन्द हुने नेप्सेले जनाएकाे छ । नेप्सेकाे वेबसाइट हिजो बिहीबार साँझदेखि नै डाउन भएको हाे।

तथ्याङ्क माइग्रेट गर्नुपर्ने भएका कारण २ दिन वेवसाइट बन्द हुने तर, आइतबारदेखि वेवसाइट पूर्ण रुपमा सञ्चालनमा आउने बताइएकाे छ ।

नेपालको एकमात्र सेयर बजार सञ्चालक नेप्सेको वेबसाइट डाउन हुँदा सेयर बजारका महत्वपूर्ण सूचकहरु हेर्न खोज्ने प्राविधिक विश्लेषदेखि आमलगानीकर्ता हैरान भएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १०:२७