४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

सांसदको स्वकीय सचिवका लागि विज्ञापन, आफन्तलाई जागिर खुवाउनेहरू ट्वाँ


१७ चैत, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले स्वकीय सचिवका लागि खुला विज्ञापन गरेकी छिन । छोरा, छोरी, भाइ, भतिजा, श्रीमती, साला, साली, भान्जा र भान्जीलाई स्वकीय सचिव बनाउने परिपाटीनै बसिसकेको समाजमा निशाले भने स्वकीय सचिवका लागि योग्यता तोकेर विज्ञापन गरेकी हुन ।

उनले कानुन वा राजनीति शास्त्रमा कम्तिमा स्नातक गरेको स्वकीय सचिवका लागि विज्ञापन गरेकी हुन । निशाको विज्ञापनले आफन्तलाई जागिर खुवाउनेहरू भने ट्वाँ परेका छन । निशाको अहिले सामाजिक सञ्जालमा व्यापक प्रशंशा भैरहेको छ । धेरैले उनको विज्ञापन सेयर गर्दै आफन्तलाई स्वकीय सचिवको जागिर दिनेहरूको बारेमा टिप्पणी गरिरहेका छन ।

यस्तो छ निशाको विज्ञापन ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ०९:४९