१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुँदै, ३ बजे शपथ ग्रहण, यी हुन नयाँ मन्त्री


१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् शुक्रबार बिस्तार हुने भएको छ । प्रधानमन्त्री राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिउँसो ३ बजे शपथको कार्यक्रत तय भएको पुष्टि गरे । उनले त्यसका लागि दिउँसो १ बजेसम्ममा सबै दलसँग मन्त्रीको सूची माग गरिएको जानकारी पनि दिए । स्राेतका अनुसार नेकपा माओवादी केन्द्रका कतिपय मन्त्रीको मन्त्रालय हेरफेर हुने सम्भावना पनि रहेको छ ।

सत्ता साझेदार दलहरूले ८ दलका लागि मन्त्रालयको भागवण्डा गरेका छन । जस अनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी २, जनता समाजवादी पार्टी (जसपा) ले २ र जनमत पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाउने छन ।

नेकपा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको यसअघि नै टुंगो लगाइसकेको छ । जस अनुसार समाजवादी पार्टीबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्नेछन । त्यस्तै नेपाली कांग्रेस पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुनेछ । उनले उपप्रधानसहित गृह मन्त्रालय पाउनेछन । त्यस्तै नेपाली कांग्रेसबाट अर्थ मन्त्रीमा डा प्रकाशशरण महत, परराष्ट्र मन्त्रीमा रमेश रिजाल, स्वास्थ्यमन्त्रीमा मोहनबहादुर बस्नेत, भूमि व्यवस्थामा सीता गुरूङ मन्त्री बन्दैछन ।

नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ नै मन्त्रीहुने सम्भावना रहेको छ । लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्दैछन भने नेपाल समाजवादी पार्टीबाट महेन्द्रराय यादव मन्त्री बन्दैछन ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ०९:२८