७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बालुवा तस्करसँग घुस खाने कांग्रेस नेतासहित तीन जना रंगेहात पक्राउ


१६ चैत, वुटवल । बालुवा तस्करसँग घुस खाने नेपाली कांग्रेसका नेता भीमबहादुर यादवसहित तीन जना रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बालुवातस्करको घुस खाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

घुससहित पक्राउ परेका कांग्रेस नेता यादव शुद्धोधन गाउँपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष समेत हुन । टोलीले सोही क्रममा घुस खाँदै गरेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनी र विचौलिया विनोद भरलाई पक्राउ गरेको छ । उनीहरूसँग घुस रकम ५० हजार बरामद गरिएको आयोगले जनाएको छ ।

गाउँपालिकाको क्यान्टिनमा बसेर घुस मागिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १८:२५