६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नेप्सेमा थप २ कम्पनीको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ काराेबार ?


१६ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप २ कम्पनीको मूल्य समायोजन भएको छ।  नेप्सेमा एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको हो ।

१) एनएमबी लघुवित्त वित्तीय संस्था

नेप्सेमा एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५०९.०९ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

२) जीवन विकास लघुवित्त वित्तीय संस्था

नेप्सेमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२८५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १३७०.२६ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १५६६ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । साेही मूल्यकाे आधारमा अब आइतबारदेखि सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १६:३४