१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त


१६ चैत, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलकाे राजनीतिक सल्लाहकार नियुक्त गरिएकाे हाे ।

उनले नियुक्ति पत्रसमेत लिइसकेका छन्। कांग्रेसका पूर्वसहमहामन्त्री थापा धनकुटाका हुन्। राष्ट्रपति पौडेलले यसअघि आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १५:५८