७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अन्तिम काराेबारकाे दिन यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री


१६ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट देखिएकाे छ । केही दिनदेखि बढेकाे बजार अन्तिम काराेबारकाे दिन भने घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा बन्द भएकाे छ ।

सेयर बजार घटेसँगै कारोबार रकम समेत घटेर ८९ करोड ९५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड १२ लाख, जीवन विकास लघुवित्तको २ करोड १४ लाख, एनआइसी एशिया बैंकको २ करोड १३ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १५:१९