१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लोसपाका शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने


१६ चैत, काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीले मन्त्रिपरिषद् विस्तार हुँदा १ मन्त्रालय पाउने भएको छ।  सत्ता गठबन्धनको भागबन्डामा लोसपाले श्रम मन्त्रालय पाएको र लोसपाका सांसद  शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने लोसपाका एक नेताले बताए ।

भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट सांसद निर्वाचित भएका थिए। सत्तारूढ गठबन्धनबीच  नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय लिने सहमति भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १३:१५