१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बिहीबार घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१६ चैत, काठमाडाैं । साताकाे पाचाैं काराेबारकाे दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ७०० रुपैयाँमा काराेबार भएको छ।

बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। बुधबार पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ११:३८