१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रभु बैंककाे १४ लाख १६ हजार कित्ता सेयर बिक्रीमा, क- कसले दिन पाउछन् आवेदन ?


१६ चैत, काठमाडाैं । प्रभु बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आज चैत १६ गतेदेखि १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । । बैंकले यो सेयरको मूल्य भने तोकेको छैन ।

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५  दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन पेश गर्न बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ११:२०