८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

थप एक इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा


१६ चैत, काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीको माघ १५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयरर कर तिर्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साेही बाेनस सेयर माघ २ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।

उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने कम्पनीले जनाएको छ । साथै, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ०९:४६