१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी


१२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएएका हुन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि लुम्बिनी सरकारबाट माओवादी बाहिरिएको हो। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले  सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिने भएकाे छ ।

माओवादी मन्त्रीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १३:०८