११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक


९ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा बन्द भएकाे छ ।

सेयर बजारको यात्रा ओरालोे लागेसँगै युनिक्यु नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य ७ दशमलव ४६ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज सिर्जनशील लघुवित्त, खप्पड लघुवित्त, शुुभम पावर, एनआइसी एशिया बैंक लगायतका अन्य बैंकको शेयर मूल्यमा उच्च प्रतिशतले गिरावट आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १५:३१