७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

संसदमा विमला राईको प्रश्नः प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ?


८ चैत, काठमाडौँ । निवर्तमान परराष्ट्र मन्त्री तथा राष्ट्रियसभा सदस्य डाक्टर विमला राई पौड्यालले एक सार्वजनिक कार्यक्रममा युवाको मुख थुन्ने प्रहरीमाथि कारबाहीको माग गरेकी छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले मंगलबार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा युवाहरूको मुख थुन्ने प्रहरीलाई कारबाहीकाे  मागे गरेकी हुन् ।

सो कार्यक्रममा नाराबाजी गरेका युवालाई प्रहरीले मुख थुनेर बोल्न रोक लगाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनले नागरिकको वाक स्वतन्त्रतामाथि हनन भएको भन्दै उनले आपत्ति जनाएकी हुन् । उनले भनिन् ‘प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन,यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्दछु। ’ हिजो भएको घटनामा केही युवाहरू बोल्न खोजीरहेको र केही प्रहरीले उनीहरूको जबरजस्ती मुख थुनेको तस्विर देखिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १६:११