१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट, एक कम्पनीकाे मूल्यमा सकरात्मक सर्किट


८ चैत, काठमाडौं । साताको तेस्राे काराेबारकाे दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको छ । आज २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ९ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सेयर बजार ओरालो लागेता पनि मायाखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य यस दिन ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९२ रुपैयाँ पुगेको छ ।  बोटलर्स नेपाल तराइका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १५:२२