१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँड: ८ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा


८ चैत, काठमाडाैं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडकाे आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार बिहान बिक्री प्रबन्धक सानिमा क्यापिटलकाे कार्यालयमा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि आवेद परेको थियो । ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएको र १३ लाख ४८ हजार ३ सय ४२ जना मात्र  योग्य रहेको क्यापिटलले जनाएको छ ।

आईपीओमा माग भन्दा बढीको आवेदन परेका कारणले गोलाप्रथाबाट बाँडफाँड गरिएको थियाे । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४ लाख २४ हजार ८ सय ९३ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यीनै मध्ये ८ जनाले भने ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीको आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। कम्पनीको आईपीओकाे नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १०:१४