१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्रचण्डले धर्मुस-सुन्तली फाण्डेसनको १६ करोड ऋण तिरिदिने, खुशी मनाउन धुर्मुस चितवनमा


७ चैत, काठमाडौँ । सरकारले चितवनको रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पूरा गर्नेनाममा धुर्मुस सुन्तलीको ऋण तिरिदिने भएको छ । धुर्मुसले अलपत्र छाडेको रङ्गशालाको काम पूरा गर्ने नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धर्मुस सुन्तली फाण्डेसनको १६ करोड ऋण तिरिदिने तयारी गरेका हुन ।

हास्यकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुज्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस सुन्तली फाउण्डेशन गठन गरी त्यसैका नाममा निर्माण सुरु गरेको उक्त रङ्गशाला बजेट अभाव भएको भन्दै निर्माण कार्य रोकिएको थियो । धुर्मुसको फाण्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ३५ प्रतिशत काम सकिएको छ ।

धुर्मुसले ५४ करोड रूपैयाँ खर्च भएको र त्यसमा १६ करोड ऋण रहेको दाबी गर्दै आएका छन । सरकारले रंगशाला बनाउने भने पनि धुर्मुसको ऋण कसरी तिर्ने भन्ने विषयमा गम्भीर छलफल भैरहेको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बताएकी छिन । उनले फाण्डेसनको १६ करोड रूपैयाँ ऋण तिरिदिने प्रतिवद्धता प्रधानमन्त्रीले जनाए पनि त्यसको बाटो भने तय नभैसकेको बताएकी छिन ।

सरकारले पैसा दिने तयारी गरेपछि केही महिना यता भूमिगत जस्तै बनेका धुर्मुसले भिडियो स्टन्ड सुरू गरेका छन । उनले रंगशाला पूर्णता गरेर न्याय दिन माग गरेका छन । उनी ऋण तिरिदिने खुशीको खबरसँगै चितवनमा रहेको रंगशाला पुगेका छन ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार २१:२९