२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

एडिलेडमा जिवन पद्दति सम्वन्धी तालिम हुँदै

७ चैत, एडिलेड । जिवनलाई सहि मार्गमा हिडाउन सहयोगी हुने प्रेरक विचारका वारेमा तालिम आगामी आइतवार २६ मार्चमा एडिलेडमा आयोजना हुने भएको छ । मोटिवेशनल स्पिकर कृष्ण प्रसाद भण्डारीले कार्यक्रममा सफल मानिसहरुले असाधारण शक्ति कहाबाट र कसरी प्राप्त गर्दछन् भन्ने कुरा बुझी सोहि उपाय अपनाई आफ्नो ब्यक्तीगत, रोजगार तथा व्यवसायमा सफलता प्राप्त गर्न र आफ्नो सफलताको लागी सहि ढंगले लक्ष निर्धारण गरी प्राप्त गर्ने बैज्ञानीक पद्दतीहरुको ज्ञान लीन सक्ने बताए ।

साथै उनले आफ्नो संचारको मोडललाई परीवर्तन गरी व्यक्तीगत, पारिवारिक, सामाजिक तथा हरेक प्रकारका सम्बन्धहरुमा अब्बल हुनका लागी यो तालीम लीन नछुटाउन हुन एडिलेडवासीलाई अनुरोध गरेका छन् ।

भण्डारीले हरेक सफल मानिसका आफ्नै लाईफ कोचहरु हुने गर्दछन् चाहे जुनसुकै पेशा, व्यवसाय वा क्षेत्र किन नहोस्। यस कार्यक्रमबाट मानिसको सफलताको लागी उसले सोचे जस्तो लाईफ प्रशिक्षण निशुल्क प्राप्त गर्ने बताउछन् । उनले मानिसले सयौं पुस्तक पढ्नुभन्दा बढी ज्ञान तालीमबाट प्राप्त गर्न सक्ने आफ्नो विश्वास रहेको समेत बताए । स्थानिय टेस्ट अफ हिमालय रेष्टुरेन्टको सभा हलमा साझ ५ देखि ८ बजे सम्म हुने कार्यक्रमको प्रवेश नि:शुल्क रहेको छ

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १६:२८