१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आइतबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार


५ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा गिरावट आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९० अंकले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ । आज एक अर्ब ६ करोड बढीकाे काराेबार भएकाे छ  । आइतबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ६ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ५ लाख, एनआइसी एशिया बैंकको ४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख र नबिल बैंकको ३ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १५:११