१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विधेयक प्रधानमन्त्रीलाई प्रस्तुत गर्न लगाउन एमालेद्वारा रुलिङ माग


५ चैत, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदलाई सरकारले महत्व नदिएको टिप्पणी गरेका छन् । आज संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा प्रधानमन्त्रीले प्रस्तुत गर्नु पर्ने विधेयक अर्को मन्त्रीलाई ट्रान्सफर गरेर संसदको अपहेलना भएको बताए ।

‘संसदको गरिमा त्यति बेला बढ्छ जब सरकार जन्माउने यो संसदलाई प्रधानमन्त्री सरकार महत्व दिन्छ , संसदभित्र आउने संसदमा उपस्थित हुँदा हुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीलाई ट्रान्सफर गर्नुको औचित्य यो संसदको गरिमालाई अपहेलना गर्नु हो । शुन्य समयमा उठेको प्रश्नको उत्तर दिन र आजको विधेयक प्रधानमन्त्री आफैले प्रस्तुत गर्न रुलिङ होस । ’

शुन्य समयमा उठेको प्रश्नहरुको उत्तर दिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन् । सरकारले संसदलाई अपहेलना गरेको सांसद पन्तको टिप्पणी

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १४:५०