१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भागवण्डाकै लागि तीन दलबिच सहमती भएको सांसद प्रेम सुवालको आरोप


५ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भागवण्डाकै लागि तीन दलबिच सहमती भएको आरोप लगाएका छन् । आज बानेश्वरस्थित सघीय संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दलको बैठकमा तीन दल मात्र बसेर भागवण्डा गरेर खान खोजेको आरोप लगाए ।

‘हिजो तिन दलको बैठक रैछ बस्नेहरुलाई पनि विचार गनुपर्ने हो यो १३ दलको बैठक हो भनेर खै प्रजातन्त्रवादीहरुमा त्यती पनि छैन् । भागवण्डा खान तीन दल मिलेर खान पाईन्छ ? जनताले सबैलाई प्रतिनिधि बनाएको हो । १३ दल संसदभित्र छ । फुलको वास्ना राम्रो होस भनेको हो । तीन दल त हामीले ३३ वर्ष हेरिहाल्यौं नी ? पालैपालो प्रधानमन्त्री खाने तर केही भएकै छैन् ।

३३ वर्ष सम्म पनि तीन दलले पालै पालो प्रधानमन्त्री खाँदा पनि केहि परिवर्तन गर्न नसकेको उनको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १४:२४