१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कांग्रेसले सदनमा प्रतिपक्षको बेन्च छोड्दैः सरकारमा चाँडै सहभागि हुने


५ चैत, काठमाडौं । गठबन्धन फेरिएसँगै सरकारमा सहभागि हुने पक्का गरेको कांग्रेसले आजदेखि सदनमा प्रतिपक्षको बेन्च छोड्ने भएको छ । यसअघि एमालले, सरकारबाट बाहिरिने निर्णयसँगै प्रतिपक्षको सिटमा आफुले बस्न पाउनु पर्ने बताएपछि कांग्रेसले ठोस निर्णय नगर्दा संसद बैठक नै प्रभावित भएको थियो ।

आज बसेको संसदीय दलको बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले, आजैदेखि कांग्रेस सरकार पक्षको बेन्चमा बस्ने जानकारी दिए । उनले भने ‘हामी सत्तापक्षको बेच्नमा बस्छौं किनभने, हामीले विधिवत रुपले सरकारमा सहभागि हुने घोषणा गरिसकेका छौं । अब हामी आजैदेखि सत्ता पक्षको बेन्चमा बस्छौं ।’

त्यस्तै अब कांग्रेस भोली प्रधानमन्त्रीलाई विश्वासको मत दिए लगत्तै सरकारमा सहभागि हुने बताए । सरकारमा कहिले जाने भन्ने संचारकर्मीको प्रश्नमा उनले भने ‘चाँडै जाने ’ तर विश्वासको मत दिएपछि मात्रै सरकारमा सहभागि हुने उनको भनाई छ ।
यसअघि आजै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले नेताकर्मा घले र नेताचन्द्र भण्डारीकी आमाको निधनमा शोक प्रस्ताव पनि पारित गरेको लेखकले जानकारी दिए । बैठकले ग्याँस पड्किएर गम्भिर घाइते भएपछि भारतमा उपचाररत नेता भण्डारीको सिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १३:१०