४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

वैदेशिक रोजगारीमा रहेका नेपालीले ईङवा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानियका लागि म्याद थप


५ चैत, काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ भने आयोजना प्रभावित स्थानियहरुका लागि भने आवेदन दिने समय थप गरिएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो भने १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं.२ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज चैत्र ५ गते कार्यलय समयसम्म मात्र आवेदन दिन पाउनेछन् भने आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आवेदन दिने म्याद चैत २० गतेसम्म लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार ११:५८