१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित


५ चैत, काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । निरौलाले अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीलाई २६ मतले पराजित गरेका हुन् ।

कूल ४ सय ६८ मत मध्ये निरौलाले २ सय ३५ मत प्राप्त गरेका थिए भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । यसैगरि २६ मत बदर भएको छ ।

त्यसैगरी,उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् । महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छिन् । कार्य समिति सदस्यमा भने शितल केसी, गोपाल ढकाल ‘छन्दे’, खुश्बु खड्का, पुकार भट्टराई, सरिता राजोपाध्याय र समिर लामा चयन भएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार ०९:४६