७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई


४ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ । कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पु¥याइएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवि कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पु¥याउने परम्परा छ । सोही परम्पराअनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष पहिलोपल्ट कुमारी घरको प्रसाद पु¥याएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १६:३१