७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रहरीले पक्राउ गरेपछि चाैकीमै धर्नामा बसेका शेयर लगानीकर्तालाई इमान अध्यक्षको रोहवरमा छाडियो


३ चैत, काठमाडौँ । नेप्सेको कार्यालय घेराउ गर्दा पक्राउ परेको शेयर लगानीकर्ताहरु आर्थिक मिडिया सञ्चालक संघ नेपाल इमानका अध्यक्ष रोयल आचार्यको रोहवरमा छाडिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख गोविन्द पुरीले आचार्यको रोहबरमा छाडिएको दैनिकीलाई जानकारी दिए ।

प्रहरीले पक्राउ गरेर चौकीमा लगेका उनीहरूले हिरासतमै धर्ना दिएका थिए । नेप्सेमा ज्ञापन पत्र बुझाउन गएका शेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेप्सेले गर्नुपर्ने काम गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका लगानीकर्ताहरुले प्रहरी कार्यालयमा नै धर्ना दिएर रिहाइ हुन नमानेका हुन् । पक्राउ पर्नेमा तिलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोला रहेका थिए । उनीहरुले अहिले प्रहरी वृत्त सिंहदरबारमा धर्ना सुरु गरेका हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १८:०४