१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

३ चैत, काठमाडौं । लगानी बोर्डको बैठक काठमाडौंमा जारी छ । नयाँबानेश्वर स्थित लगानी बोर्डको कार्यालयमा बैठक बसिरहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा लगानी बोर्डले गरिरहेका काम र आवश्यक तयारी बारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री दाहाल सहित अर्थ मन्त्रालय, लगानी बोर्ड तथा आर्थिक क्षेत्रका विभिन्न व्यक्ति सहभागि छन् । सो अवसरमा प्रधानमन्त्रीले बोर्डको नवनिर्मित भवनको अवलोकन भ्रमण गर्ने कार्यक्रम समेत रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १५:३६