७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री प्रचण्डले गरे मतदान


३ चैत, काठमाडौं। उपराष्ट्रपति पदको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । आज संसद् भवनमा पुगेर प्रधानमन्त्री दाहालले मतदान गरेका हुन् ।

उपराष्ट्रपतिमा तीन जना उम्मेदवार रहेका छन् । एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममताझा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:५४