२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

नेपाल टेलिकमले ल्यायो नयाँ अफरः सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज

३ चैत, काठमाडाैं । विगतदेखि नै ग्राहकको रुचि एवं चाहनाअनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको नेपाल टेलिकमले यस क्रममै आज चैत ३ देखि लागू हुने गरी नयाँ अफरका रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ। रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिनेछ। यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ।

त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिनेछ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्नेछ। साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेन्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। यस अफरबाट ग्राहकले लाभ लिने अपेक्षा कम्पनीको रहेको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:३८