१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसलाई एमाले सचिव भट्टराईको व्यङ्ग्यः प्वाल परेको ढोक्सा थाप्यो धेरै दिन टिक्दैन्


३ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेसले प्वाल परेको ढोक्सा थापेको टिप्पणी गरेका छन् । आज संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग बोल्दै उनले, यो गठबन्धन धेरै दिन नटिक्ने उनको टिप्पणी छ ।

उनले भने ‘कांग्रेसले ढोक्सा थापेको छ तर तलतिर प्वाल भएको थाप्यो धेरै दिन टिक्दैन् ।’ जनताले विश्वास नगरेको नेतृत्वले १० पटक विश्वासको मत लिए पनि केही गर्न नसक्ने उनको तर्क छ । प्रचण्डप्रति अब जनताको विश्वास नहरेको उनको दाबी छ ।

‘जनताले अविश्वास गरेकोलाई के को विश्वास, प्रचण्ड प्रतिजनताको विश्वास नै छैन् ।विश्वासको मत लिए पनि त्यो सरकारको केही मतलब नै छैन् । जनताले विश्वास नगरेको नेतृत्वले १० पटक विश्वासको मत लिए पनि केही गर्न सक्दैन् । का का को नुन खाको छ, त्यो नुनको सोजो गर्नुपर्छ ।’

संविधानको परिपालना गर्ने राष्ट्रिय एकता सम्बोधन गर्ने र मुलुककाे व्यवस्थाको अभिभावकको रुपमा राष्ट्रपति, उपराष्ट्रपतिले गर्ने व्यवस्था रहेको हुँदा उक्त व्यवस्थालाई कर्यान्वयन गर्ने शिलशिलामा यो निर्वाचन भएको उनको भनाई छ । यसले हाम्रो मुलुकको संविधानलाई अझै सबल, सुदृढ बनाउनुका साथै हाम्रो देशको लोकतान्त्रीक प्रक्रियालाई बलियो बनाउने काम गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:२१