१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

उपराष्ट्रपतिमा जनमतकी ममता झालाई मत दिने रास्वपाकाे निर्णय


३ चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मत दिने भएको छ । आज पार्टी कार्यालयमा नेताहरुबीच भएको छलफलमा पराष्ट्रपतिमा झालाई मत दिने समझदारी भएको हाे ।

रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई रोजेको एक सांसदले बताए । निर्वाचन आयोगको आचारसंहिताका कारण रास्वपाले यस विषयमा औपचारिक निर्णय भने लिएको छैन । उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १३:५४