१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यस्तो छ इसेवा मनी ट्रान्सफरको बम्पर उपहारमा प्राप्त हुने घर, क्षेत्रफल ३ आना, साढे २ तल्ला


३ चैत, काठमाडाैं । विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ।

इसेवाले ६ महिनाअघि ‘मेरो डिजिटल देश’ अभियान सुरुआत गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउने एक जना सेवाग्राहीले काठमाण्डौमा घर जित्न सक्नेछन्।

कम्पनीले हालैमात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई महानुभावलाई प्रदान गर्ने घर सार्वजिनक गरेको हो। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे २ तल्लाको घर कम्पनीले बम्पर उपहारस्वरुप प्रदान गर्नेछ।

यसका साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाका लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राही यस अवधिमा इसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनेछन्।

घर सार्वजनिक तथा २ महिना अभियान थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘विदेशमा रहनुभएका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नका लागि यो योजना २ महिना थप गरिएको छ।

यस योजनामा आम नेपालीको उत्साहजनक सहभागीताका साथै उहाँहरुले अभियान केही थप गर्नका लागि गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै यस योजनाको अवधी थप गरिएको हो। साथै यसबाट धेरैभन्दा धेरै नेपालीहरु काठमाण्डौमा घर जित्ने मौकामा सहभागी समेत हुन सक्नुहोस् भन्ने् हाम्रो कामना छ।’

बम्पर उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाइ छ। इसेवा मनि ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ।

इसेवा मनी ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १३:२८