१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

उपराष्ट्रपतिमा निर्वाचित भए राष्ट्रिय एकतालाई जोड दिने छुः रामसहाय यादब


३ चैत, काठमाडौ ।उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित भए मुलुकको राष्ट्रिय एकतालाई अझ मजवुत बनाउन सहयोग गर्ने बताएका छन् । नयाँबानेश्वरस्थित हलमा भएको मतदान पछि उम्मेदवार यादवले आफु उपराष्ट्रपतिमा निर्वाचत भए संविधानले स्पष्ट गरेको काम कर्तव्य अनुसार देशको संरक्षण गर्न कटिवद्ध भएर लाग्ने बताए ।

उनले भने,‘उपराष्ट्रपतिमा निर्वाचित भए राष्ट्रपतिको काममा सहयोगीको भुमिका निभाउने छु । राष्ट्रपति रिक्त भएको अवस्थामा उपराष्ट्रपतिले गर्ने काम मुख्य हो । त्यसमा सहयोगीको भूमिका रहने छ ।

संविधानलाई परिपालना गर्ने, रक्षा गर्ने, राष्ट्रिय एकता गर्ने र समाज परिर्वतन गर्ने तर्फ सकारात्मकभूमिका रहन्छ ।’ उनले मुलुकको समृद्विमा आफु इमानदारी पूर्वक लाग्ने प्रतिबद्वता पनि जाहेर गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १३:२०