१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उपराष्ट्रपति निर्वाचनः १२ बजेसम्म ६ सय १० मत खस्यो


३ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा आज १२ बजेसम्म ६ सय १० खसेका छ । जस मध्ये संघीय संसद मतदान केन्द्रमा २ सय १८ र प्रदेश संसद मतदान केन्द्रमा ३ सय ९२ मत खसेको छ । निर्वाचनमा संघ र प्रदेशका लागि छुट्टाछुट्टै मतदान केन्द्र राखिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपतिनिर्वाचनको मतदान बिहान १० बजेबाटैक सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । निर्वाचनमा संघ र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् ।

निर्वाचनमा सत्ता गठवन्धनबाट जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उम्मेदवार छन् । उनको विपक्षमा एमालेले अष्टलक्ष्मी शाक्यलाई उठाएको छ । निर्वाचनमा जनमत पार्टीको तर्फबाट ममता झा पनि चुनावी मैदानमा छिन् ।

उनीहरुसँगै जसपाको तर्फबाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी थिइन् । तर, उने उम्मेदवारी निश्कृय पारिसकेकी छिन् ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान नगर्ने निर्णय गरेको छ ।

गत बुधवार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय समिति बैठकले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उपराष्ट्रपति निर्वाचनमा राप्रपा सहभागि नहुने जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १२:३९