१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ०९ पैसा र बिक्री दर १५९ रुपैयाँ ८१ पैसा रहेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ २० पैसा र बिक्री दर १४० रुपैयाँ ८४ पैसा रहेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार ०९:३३