१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्ववियू निर्वाचनको मौन अवधि सुरु


३ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) निर्वाचनका लागि गएराती १२ बजेबाट मौन अवधि सुरु भएको छ । स्ववियू निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।

स्ववियू निर्वाचन ५ चैतका दिन तय भएको छ । मौन अवधिभर उम्मेदवारले निर्वाचन लक्षीत प्रचारप्रसार, सभासम्मेलन, भाषणवक्तव्य गर्न पाइँदैन ।

यस पटकको निर्वाचनमा उम्मेदवारका लागि पर्चा पम्प्लेट छाप्न, भित्ता तथा पर्खाल रंगाउन, पोष्टर टाँस्न, तुल र फ्लेक्स प्रयोग गर्न बन्देज गरेको छ । त्रिभुवन विश्व विद्यालयका ६२ अांगिक र एक हजार ४० हजार सम्बन्धन प्राप्त कलेजमा ५ चैतमा स्ववियू निर्वाचन हुँदैछ ।

स्ववियूका लागि अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने व्यवस्था छ । कार्यसमितिमा ५० प्रतिशत सदस्य प्रत्यक्ष र बाँकी ५० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने व्यवस्था छ ।

स्ववियू विधान अनुसार दुई सय विद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय स्ववियू कार्यसमिति हुनेछन् । त्यस्तै, दुई सयदेखि दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति रहने व्यवस्था छ ।

एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने वैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार ०९:२८