६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

युएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा


२ चैत, काठमाडौं । नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित गरेको हो ।

युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको २६९ रन बनाएको थियो । त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो । युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रनको योगदान गरे ।

नेपालको जितमा चार जनाले अर्धशतक बनाए । भीम कार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए भने कुशल भुर्तेल र गुल्सन झाले समान ५० रनको योगदान गरे ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १७:५८