७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भारतबाट घटेर आयो इन्धनको मूल्य


२ चैत, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाे छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई घटाएर इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १५:३५