१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कहिले हुन्छ बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड ?


१ चैत, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ यसै साता बाँडफाँड हुने भएकाे छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार आज चैत १ गते प्रिअलटमेन्ट सम्पन्न भएको र कम्पनीकाे आईपीओ चैत ३ गते शुक्रबार बाँडफाँड गर्ने तयारी रहेको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता सेयरको लागि आवेदन परेकाे छ। जुन माग भन्दा २०७.१० गुणा बढी हो । कम्पनीकाे आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेकाे हुनाले गोलाप्रथाबाट बाँडफाँड हुने छ ।

गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५ हजार ४७५ जनाले मात्रै १० कित्ताका दरले सेयर हाता पार्ने देखिन्छ । बाँकी लगानीकर्ताकाे हात खालि हुनेछ । कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १५:०७