७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बैंक वा बैंकिङ क्षेत्रमा लगाइने डढेलो गम्भीर अपराध होः वासुदेव अधिकारी


१ चैत, काठमाडाैँ । नेपाल बैंकका पूर्व अध्यक्ष वासुदेव अधिकारीले बैंक वा बैंकिङ क्षेत्रमा लगाइने डढेलो गम्भीर अपराध भएको बताएका छन । बैंक बिरोधी आन्दोलन बारे टिप्पणी गर्दै अधिकारीले सरकार, केन्द्रीय बैंक तथा व्यावसायिक संस्थाको बीचमा नियमित र घनिभूत सम्वाद आवश्यक रहेको बताएका छन ।

अधिकारीको टिप्पणी यस्तो छ

बैंक बिरोधी आन्दोलन बारे
बैंकको वित्तीयस्रोत मूलतः निक्षेपकर्ताको वचत हो । यही स्रोतको कुशल परिचालन तथा मध्यस्थताबाट सम्भावनायुक्त उद्यमलाई कर्जा प्रवाह गर्ने गरिन्छ । बैंकमा तरलता अधिक हुँदा पनि जोखिम हुन्छ कम हुँदा वा नहुँदा पनि ।

एउटा सवल बैंक बनाउन निकै समय लाग्छ र त्यसले लाखौँ लाख उद्यमीको सपना फलिभूत पनि पार्छ तर त्यसलाई भत्काउन वा समाप्त पार्न बेर लाग्दैन । बैंकभित्रको सुशासनको कमी, अत्यधिक जोखिम लिने प्रवृत्ति, व्यावसायिक क्षेत्रको संकट, सरकारी वा नियामकीय असन्तुलित नीतिरनिर्णय, कर्जा भुक्तानीमा अटेर, सुनियोजित आन्दोलन जस्ता एक वा अनेक कारणले बैंक डुब्न सक्छ ।

एउटा बैंक समाप्त हुँदारगर्दा बैंक मात्र समाप्त हुँदन त्यसको प्रतिकूल असर धेरै उद्यमी व्यवसायीहरुलाई पर्छ । नेपालमा सबैजसो बैंकहरुमा संस्थापक वा पब्लिक शेयरमा व्यावसायिक व्यक्तिहरुकै लगानी रहेको सन्दर्भमा यो विषय बुझ्न बुझाउन त्यति समस्या हुने देखिदैन । तथापि अहिले बैंक बिरुद्धको अभियान जारी रहेको देख्दा अचम्म लाग्छ ।

बैंक वा बैकिङ क्षेत्रमा लगाइने डढेलो गम्भीर अपराध हो । आफैँ जंगलमा बसेर त्यहीँ आगो लगाउने कामबाट हामी बचौँ । त्यस क्षेत्रको समस्यालाई सम्बोधन गर्न सरकार, केन्द्रीय बैंक तथा व्यावसायिक संस्थाको बीचमा नियमित र घनिभूत सम्वाद अत्यन्त आवश्यक छ ।
२ वासुदेव अधिकारी

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०६:०३