१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अमेरिकी नागरिक ठग्ने पृथ्वीबहादुरसहित ६ जना कारागार चलान


३० फागुन, काठमाडाैं । अदालतले अमेरिकी नागरिकठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित ६ जना पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

ठगी काण्डमा शाहका दाजु भाइसहित पक्राउ परेका सातमध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले जनाएको छ ।

सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले भने ‘पक्राउ परेकामध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा अदालतले छाडेको र अन्य ६ जनलाई कारागार चलान गर्ने आदेश भएको छ ।’

उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान गरेको सिआइवीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालतमा अभियोग दर्ता गरेको थियो ।

उनीहरुले ट्राभल, म्यानपावरलगायतका विभिन्न २४ कम्पनी खडा गरी नक्कली कागजात बनाएर विदेशी नागरिकबाट ६४ करोडभन्दाबढी ठगी गरेको आरोप छ । उनीहरुको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडतका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्याएर ठगी गरेको अनुसन्धानमा देखिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १६:२६